महाकुलुङ प्राथमिक अस्पतालको निर्माण कार्य सकियो

सोलुखुम्बु ; महाकुलुङ गाउँपालिकामा निर्माणाधिन प्राथामिक अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको पहलमा संघिय सरकारबाट प्राप्त २२ करोड रुपैयाँको लागतमा निर्माणाधिन १५ शैयाको अस्पताल सञ्चालन गर्ने गरि निर्माण कार्य सकिएको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिनुभयो ।

अघिल्लो स्थानीय सरकारले निर्माण सुरु गरेको अस्पताल आफनो कार्यकालमा पूर्णता दिदै सम्पन्न भएको अध्यक्ष कुलुङले बताउनुभएको छ । लुम्बिनी कन्स्ट्रक्सनले अस्पताल निर्माणको जिम्मा पाएको थियो । विभिन्न रोगको उपचारका लागि सदरमुकाम सल्लेरी र राजधानी लगायतका अन्य ठाउँमा पुग्नु पर्ने बाध्यताको अन्त्यका लागि गाउँमै सुविधा सम्पन्न अस्पतालबाट सेवा प्रदान गर्ने उद्देश्य महाकुलुङ गाउँपालिकाले राखेको गाउँपालिका अध्यक्ष कुलुङको भनाई छ ।

१९ जना स्वास्थ्यकर्मीको दरबन्दी भएको उक्त अस्पतालबाट अप्रेशन सहितको सेवा सुरु गर्ने योजना रहेको बताउनुभयो । तर भौगलिक कठिनाई तथा पालिकाको स्रोत साधनले मात्रै अस्पताल सञ्चालन गर्न भने चुनौती रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार