कोशी प्रदेश स्तरीय ब्याडमिन्टन भदौ अन्तिम साताबाट संचालन हुने

इलामः झापाको भद्रपुरमा आगामी भदौ २८ गते देखि ३० गतेसम्म कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । भदौ २९ गतेदेखि ३१ गतेसम्म संचालन गरिने भनिएको प्रतियोगिता एक दिन अघि सारिएको आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका बताए ।

भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका उत्कृष्ट १६ ¥यांकिङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए ।

त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १०–१० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् । भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार