सोलुखुम्बु : आज कोशी, मधेस, बाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशैभरका केही ठाउँमा पानी परे पनि लगातार झरी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनु भयो ।
अहिले पनि कोशी प्रदेशका थोरै ठाउँहरूमा तथा बाग्मती र कर्णाली प्रदेशका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विशेष गरेर अहिले मधेश प्रदेशको बारा जिल्ला आसपास ठूलो पानी परिरहेको छ । गएको २४ घण्टामा बारा, सिन्धुपाल्चोक, बाँके, इलाम, झापा, ओखलढुङ्गालगायतका ठाउँमा ठूलो पानी परेको थियो ।।