सोलुखुम्बुमा जग्गा कित्ताकाटको काम रोकियो

सोलुखुम्बु  : नापी कार्यालय सोलुखुम्बुले कित्ताकाटको काम स्थगित गरेको छ । कार्यलयले सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुले जग्गाको वर्गीकरण विवरण तथा वर्गीकरण नक्सा अद्यावधिक गरेको जानकारी नगराएकाले जिल्ला भरिका जग्गाको कित्ताकाट रोकिएको हो ।
जिल्लाका सोलुदुधकुण्ड नगरपालिका, नेचा सल्यान गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले जग्गाको वर्गीकरण गरेको भएयता पनि भु उपयोग नक्सा नबुझाएकाले कित्ताकाट रोकिएको नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गुरागाइले बताउनु भएको छ । यसै गरि खुम्बु पासाङल्हामु गाउँपालिकामा माप्य दुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाले जग्गा वर्गीकरण र भु उपयोग नक्सा नबुझाएकाले कित्ताकाट रोकिएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार