सोलुखुम्बुः जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको छ । जिल्लाको प्रशिद्ध धार्मिक स्थल दुधकुण्ड आउने तिर्थालुहरुको हराएको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा दिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्धावारीका प्रसाद घिमिरेका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-८ निवासी सुनिता निरौला र दैलेखको नारायण नगरपालिका-१० निवासी कल्पना बोगटीको मोबाइल फेला पारी बुझाइएको हो ।







