सोलुखुम्बु – जिल्लाको सुर्केबाट काठमाण्डौका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ । विहान १०ः०५ मा खुम्बुपासाङ ल्हामु गाउँपालिकाको सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
६ जना सवार उक्त हेलिकप्टर च्यान डाँडामा चौरी गोठालाहरु हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको बताइएको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उक्त हेलिकप्टरमा क्याप्टेन बाहेक ५ जना विदेशी सवार रहेको लुक्ला विमानस्थलले जनाएको छ ।