थुलुङ दुधकोशी-८ देउसामा हिल ट्याङ्की वितरण

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-८ देउसामा हिल ट्याङ्की वितरण गरिएको छ । खानेपानीको समस्या रहेको क्षेत्र देउसाको चोलीमा उक्त ट्याङ्की वितरण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार एक लाख ६८ हजार लागतमा १५ वटा हिल ट्याङकी वितरणका साथै मुहान समेत मर्मत गरीएको छ । थुलुङ दुधकोशी गाउँपालिका खानेपानी व्यवस्थापन बोर्डको सिफारिसमा उक्त काम गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक नागरिकको घरमा स्वच्छ पीउने पानी पुर्याउने अभियान जारी राखेको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष असिम राईले नागरिकको सहजताका लागि विभिन्न नीति निर्माण संगै आवश्यक संरचनामा जोड दिएर काम गरिरहेको बताउँनुभयो । खानेपानी व्यवस्थापनका लागि आवश्यकताको आधारमा सबै क्षेत्रमा काम गरिने पनि उहाँले बताउँनुभयो ।

वडा अध्यक्ष राजेश बाबु किराँतीले नागरिकको समस्यालाई पहिचान गरि समाधानमा लागी रहेको बताउँदै वडाको विकासमा एकजुट भएर लाग्न अनुरोध  गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार