सल्लेरीमा आयाेजित खु्ल्ला कविता बाचनमा सुस्मा र नृत्यमा नुमी प्रथम

सोलुखुम्बु – जिल्लाको साेलुदुधकुण्ड नगरपालिका सल्लेरीमा सम्पन्न कविता वाचन प्रतियाेगिताको उपाधी सुस्मा बस्नेतले जित्नुभएकाे छ । कला र मौलिकताको प्रवद्र्धन भाषा साहित्य र संस्कृतिको सम्वद्र्धन’ भन्ने नाराका साथ विहिबार सम्पन्न जिल्ला स्तरीय कविता वाचन प्रतियाेगिताकाे उपाधी बस्नेतले जित्नुभइकाे हाे ।

कविता वाचनतर्फ सहभागी ९ जना मध्ये राम कुलुङ द्वितीय, प्रदिप खालिङ तृतीय र जानुका लामिछाने सान्त्वना भएका हुनुभएकाे छ । कविता वाचनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैबीच, साेही दिन आयाेजित एकल नृत्य प्रतियोगिताको उपाधि नुमि राई जित्नुभएकाे छ । १२ जना सहभागी मध्ये नुमी राई प्रथम, आकृति राई द्वितीय, शान्ति श्रेष्ठ तृतीय र सुनिता थापा मगर सान्त्वना हुनुभएकाे छ । नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगीहरुलाई क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

जनसेवा तालिम तथा अनुसन्धान केन्द्र नेपाल जिल्ला शाखा सोलुखुम्बुकाे आयाेजना तथा कोशी प्रदेश सरकारको सहयोगमा आयाेजित कार्यक्रम जिल्ला समन्वय समितिकोे सभाहलमा भएकाे हाे ।

कार्यक्रम आयाेजक संस्थाका अध्यक्ष हर्क बहादुर राईको अध्यक्षता एंव नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको प्रमुख आतिथ्यतामा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार