सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान

सोलुखुम्बु : भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा आरोहणमा विश्व कीर्तिमान कायम गर्नुभएको छ । घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उहाँले विश्व कीर्तिमान बनाउनुभएको हो ।

नेपाल सरकारका जनसम्पर्क अधिकृतका अनुसार शुक्रवार दिउँसो बुढा मगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गर्नुभएको हो ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती हुनुभएका मगर ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुबै खुट्टा घुँडा भन्दा माथिबाट गुमाउनुभएको थियो ।

साहसिक खेलमा समेत रुचि राख्ने मगरले हालसम्म मोँ ब्लाँ, मेरा पिक, बेन नेभिस, किलिमन्जारो जस्ता हिमालहरू चढिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार