वसन्त ऋतुको हाल सम्म सात पर्वतारोहीद्वारा धौलागिरी हिमालको सफल आरोहण

म्याग्दी : यस वर्षको वसन्त ऋतुमा बुधबार (आज) सम्म सात पर्वतारोहीहरुले संसारको सातौं अग्लो हिमाल धौलागिरिको सफल आरोहण गरेका छन् । बुधवार विहान नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जितेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पा गरी पाँच जनाले धौलागिरि हिमालको सफल आरोहण गरेका हुन ।

त्यसैगरी गत वैशाख ३१ गते पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले सिजनकै पहिलो धौलागिरि हिमाल आरोहण गरेका थिए ।

धौलागिरि हिमालमा यस सिजनमा ११ जना महिलासहित ३५ जना पर्वतारोहीले आरोहण अनुमति लिएका छन् । जसमध्य सेभेन समिटबाट २६ जना र बाँकी इलाईट एडभेन्चर र पाइनर एडभेन्चरबाट आरोहणमा गएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार