निर्माण व्यवसायीका कारण जनप्रतिनिधि आलोचित बन्नुपर्यो: अध्यक्ष असिम राई

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले निर्माण व्यवसायीका कारण जनप्रतिनिधि आलोचित बन्नुपरेको बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ९ को कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष राईले निर्माण व्यवसायी इमानदार नबन्दा नागरिकको गाली जनप्रतिनिधिले खानुपर्ने परिस्थिति सृजना भएको बताउनुभयो ।

दुधकोशी नदिमा निर्माण भएको मोटरेवल पुलको उदाहरण दिदै अध्यक्ष राईले उक्त पुल निर्माणको सवालमा समन्वय गर्ने बाहेक स्थानीय सरकारको कुनैपनि भुमिका नरहेको बताउनुभयो । उक्त कार्यको लागि सडक विभाग र पुल महाशाखाको प्रमुख भुमिका रहेपनि मुखदर्शक बन्नुका साथै राजनीतिलाई गतल व्याख्या गर्ने व्यक्तिका कारण आफुहरुले अनावश्यक गाली खानुपरेको प्रष्ट्याउनुभयो।

अबदेखि ९ नम्बर वडाको सेवा आफ्नै भवनबाट संचालन हुनेछ । जसबाट सेवाप्रवाहमा सहजता हुने वडा अध्यक्ष सनकुमार तामाङले बिश्वास व्यक्त गर्नुभयो । नवनिर्मित वडा भवन गाउँपालिका र जिल्ला समन्वय समितिको लागत साझेदारीमा निर्माण भएको पालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको अबसरमा जग्गादातालाइ सम्मान समेत गरिएको छ । उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदिप राई, वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबू किराँती लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार