आयआर्जन वृद्धि गर्न देउसामा सुंगुरको पाठापाठी वितरण

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा संगुरको पाठापाठी वितरण गरिएको छ । वडा कार्यालयको आयोजना तथा गरिसंग विशेश्वर कार्यक्रमको आर्थिक सहयोगमा वडा कार्यालयमा २२ वटा पाठापाठी वितरण गरिएको हो ।

गरिब संग विशेश्वर कार्यक्रमका सामाजिक परिचालक अनिता खड्काका अनुसार वडा नं. ७ को साख्ले र रिन्दापु टोलका विपन्न परिवारलाई बिहिबार वितरण गरिएको हो । उक्त कार्यक्रमले स्थानीय नागरिकको आयआर्जनमा सहयोग पुग्ने वडा अध्यक्ष भोजराज कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

वडा भित्रका नागरिकको आयआर्जनमा वृद्धि गर्न विभिन्न कार्यालय तथा परियोजना संग सहकार्य गरि यस्तै कार्यक्रमहरु सञ्चालन गरिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार