काे हुन् गठबन्धनका उमेद्वार राजेन्द्र ?

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु : नेकपा (माओवादी केन्द्र)बाट सोलुखुम्बु जिल्ला प्रदेश निर्वाचन क्षेत्र (ख) का उमेद्वार शिब बहादुर बस्नेत (राजेन्द्र)को राजनीतिक जिवन यात्रा २०४६ सालबाट सुरु भएको हो । वि.सं.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका बेला नेपाल विद्यार्थी संघबाट आफ्नो राजीनितक यात्रा तय गर्नुभएका राजेन्द्र अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

वि.सं.२०२९ साल असोज ४ गते लिखुपिके गाउँपालिका वडा नं. २ मा जन्मनुभएका राजेन्द्रको बाल्यकाल गाउँमै बित्यो भने माध्यमिक तहको शिक्षा सोही गाउँको हिमगंगा माध्यमिक विद्यालयमा पुरा भएको थियो । आइ.ए.सम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका राजेन्द्र देशमा परिवर्तन र जनतामा स्वतन्त्रताको निम्ती लडाइ लड्न तयार हुनुभयो । वि.सं.२०५३ साल देखि तत्कालिन नेकपा माओवादीमा संलग्न भइ भुमिगत राजनीतिक यात्रा तय गर्नुभएका राजेन्द्र र कुसुम जिल्लामै पहिलो (डब्लु टी) कार्यकर्ताको नाम दर्ज गराउनुभएको छ ।

सालिन स्वभाव भएका राजेन्द्र संगठनका कुशल पात्रको रुपमा परिचित हुनुहुन्छ भने जनता संग छिटो अन्तरघुलित हुने निडर र सत्यको पक्षमा दृढरुपमा आफुलाई उभ्याउने कार्यबाट बिचलित नहुने व्यक्ति हुनुृहन्छ । छिटो विश्लेषण गर्ने र तत्काल सहि निर्णय गर्ने व्यक्ति भएका कारण उहाँ पार्टी संगठनमा सबैको लोकप्रिय नेता रहनुभएको नजिकबाट चिन्नेहरुले बताउँछन् ।

भुमिगत राजनीतिका क्रममा प्रदेश १ र मधेश प्रदेशको अधिकांश जिल्ला संगै बागमति प्रदेशको रामेछाप, काभ्रे, दोलखा लगायतको जिल्लालाई नजिकबाट नियाल्नुभएका राजेन्द्रले त्यस क्षेत्रमा राम्रै संगठन निर्माण गरेको कारण माओवादीको उच्च नेतृत्वको नजरमा स्थापित हुनुपुग्नुभएको बताइन्छ । २०७४ सालको संघीय निर्वाचनमा समेत उहाँलाई टिकट दिने पार्टीको तयारी भएपनि राजनीतिक समिकरण सहितको केही प्राविधिक क्षेत्रलाई समेट्नुपरेको कारण पार्टीको जिम्मेवारीमानै रहेर काम गर्नुपरेको उहाँको भनाई छ ।

यस पटक नेपाली काँग्रेस संगको गठबन्धनमा राजेन्द्र प्रदेश निर्वाचन क्षेत्र (ख)बाट नेकपा एमालेका नेता तथा निवर्तमान सांसद बुद्धिकुमार राजभण्डारी संग चुनावी मैदानमा हुनुहुन्छ । उहाँको लागि यो सुनौलो अवसर भएको बताइन्छ । नेता राजभण्डारी परीक्षण भइसक्नुभएको र आफु नयाँ नेतृत्व भएको कारण निर्वाचनमा जित निश्चित भएको राजेन्द्रको दावी छ ।

आफु निर्वाचित भएपछि समग्र जिल्लाको विकासका लागि काम गर्ने उहाँको प्रतिवद्धता छ । यहाँको मुख्य पर्यटन क्षेत्रलाई व्यवसायीक रुपमा विकसीत गर्दै रोजगार सृजना गर्ने र समग्र विकासमा ध्यान दिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार