सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-८ केरुङमा जारी विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको तेस्रो दिन बुधबार ४२० जनाले स्वास्थ्य सेवा लिएका छन । द स्माल वल्डको आयोजनामा सोमबारबाट सुरु भएको शिविरको तेस्रो दिन १६० पुरुष र २६० महिलाले सेवा लिएको आयोजकले जनाएको छ ।
बिहिवार सम्म शिविर संचालन हुने भएकाले सेवा लिनका लागि आयोजक सस्थाका अध्यक्ष कर्मा शेर्पाले सबैलाइ आग्रह गर्नुभयो ।
सिविरमा मुटु रोग, बालरोग, स्त्री रोग, नाक, कान, घाँटी, नवजात शिशुको स्वास्थ्य जाच सहित उपचार गरिएको छ । स्वदेशी तथा विदेशी डाक्टरहरुको टोलीले सेवा प्रवाह गरेका थिए । जिल्लाको केरुङ, तिङला, गोराखानी, टाप्टिङ लगायत क्षेत्रका नागरिक शिविरमा पुगेका थिए ।