काठमाडौं : सत्ता गठबन्धनको सहमति विपरीत उम्मेदवारी दिएका बागी उम्मेदवारलाई नेपाली कांग्रेसले निष्काशन गरेको छ । एक विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने र निजको प्रस्तावक तथा समर्थकलाई समेत निस्कासन गरिएको जानकारी गराइएकाे छ ।
कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । तर काे काे निष्काशनमा परेका हुन् भने बारेमा कांग्रेसले केही पनि सार्वजनिक गरेको छैन ।