ट्रेकिङ गाइड लार्के शेर्पा मृत भेटिए

सोलुखुम्बु : खुम्बु पासाङ ल्हामु गाउँपालिका-१ बुक्साका ट्रेकिङ गाईड  फुछेत्तर शेर्पा गोरखाको लार्के पास क्षेत्रमा मृत अवस्थामा फेला पर्नुभएको छ । खुम्बु सांग्रिला ट्रेक्स एण्ड एक्सपेडिसन प्रा.लि.बाट त्यहाँ पुगेका ३९ वर्षीय शेर्पा ५ दिनदेखि बेपत्ता हुनुभएको थियो ।

मंगलबार बिहान करिब ११ बजे एभ्रेष्ट हेलीको रेष्क्यु टोलीले उद्धार गरेको हो । उहाँको शव पोष्टमार्टका लागि काठमाण्डौँ स्थित शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिनुभयो ।

दुई जना फ्रान्सेली नागरिकसहित पदयात्रामा गएका  शेर्पा विदेशीलाई लार्केपास गराएर फर्कने क्रममा वेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा हिमपात भएकाले खोज तथा उद्वारमा समस्या भएको प्रहरीको भनाइ छ।

उहाँको खोजीका लागी सिम्रिक एगर र एभेष्टर एयरको हेलीकप्टर प्रयोग गरिएको थियो । शेर्पाको एक छोरा र एक छोरी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार