काठमाडौ : बारामा शान्तीपूर्ण रुपमा उमेदवारी मनोनयन दर्ता भएको छ । जिल्लाका १२ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी जम्मा १३७ जनाले उमेदवारी दर्ता गरे । जस मध्ये प्रतिनिधिसभाका लागि ३८ जनाको र प्रदेशसभाका लागि ९९ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।
आगामी मंसिर ४ गतेका दिन सम्पन्न हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन २०७९ तालिका अनुसार असोज २३ गते उमेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।
मुख्य राजनितिक दलहरुले मनोनयन गर्ने अघिल्लो दिन मात्रै टिकट दिएर उमेदवारी दर्ताका लागि पठाएका थिए । पार्टीकेन्द्रले गरेको टिकट वितरण प्रकृयामा जिल्ला स्तरिय नेताहरुमा असन्तुष्टि देखिएपनि उमेदवारी दर्ताका क्रममा जिल्लाभरी बागी उमेदवारी दिने बाहेक अन्य खाले अराजकता कहीं देखिएन ।
उमेदवारी मनोनय दर्ताका लागि तामझम सहित क्षेत्रिय निर्वाचन कार्यालय पुगेका उमेदवारहरुले लामो प्रकृया पुरागरी मनोनयन दर्ता गराएका हुन् । बारा क्षेत्र नं. १ को कोल्हबी, २ को महागढिमाई,३ को कलैया र ४को जितपुरसिमरामा क्षेत्रिय निर्वाचन कार्यालय खोलिएको छ ।
उमदवारहरुले मतदाता रिझाउनकै लागि मनोनयन दर्ताका लागि बाजागाजा , डिजे सहित ठुलो संख्यामा समर्थक जटाएर पुगेका थिए । निर्वाचन आचार संहिता विपरित प्रयोग भएका बाजागाजा, डिजे र डिजे प्रयोग भएका सवारी नियन्त्रणमा लिएर साँझ मात्रै छाडेको छ । भने मनोनयन दर्तामा असहज हुने भन्दै उमेदवारका समर्थकहरुलाई ५० मिटर ओरैबाट फिर्ता पठाएरको थियो ।
प्रहरीले उमेदवारी मनोनयनका उमेदवारले प्रयोग गरेका एकदर्जन बाजाजागा, डिजे नियन्त्रणमा लिएको जनाएको छ । यस क्रममा ५ वटा टेक्टर समत नियन्त्रणमा लिई साँझ छाडिएको बाराका प्रहरी प्रमुख उपरिक्षक होबिन्द्र बोगटीले बताए ।
“हामीले निर्वाचन आचार संहिताको विपरित प्रयोग गरिएका एक दर्जन बाजागाजा, डिजे सिस्टम र ५ वटा टेक्टर नियन्त्रणमा लिएर साँझ छाडेका छौं । निर्वाचनलाई निश्पक्ष, धाँदलीरहित र शान्तपूर्ण वातावरमा सम्पन्न गर्न आचार संहिताको बर्खिलाफ हुने कुनैपनि गतिविधि हुन दिईने छैन । आवश्यक परे बल प्रयोग गर्न समेत पछिपर्ने छैनौ,” प्रहरी प्रमुख उपरिक्षक बोगटीले भने ।