दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा स्वस्थ्य शिविर सन्चालन हुने
सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकामा स्वास्थ्य सिविर सन्चालन हुनेभएको छ । दुधकोशी सामुदायिक अस्पताल उद्घाटनको अवसरमा धुलिखेल अस्पतालको सहकार्यमा विशेषज्ञ चिकित्सकद्वारा सेवा प्रवाह गर्ने गरि शिविर संचालन हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
असोज २ र ३ गते दन्त रोग, स्त्री रोग र सामान्य चिकित्सा सम्वन्धिको सिविर सन्चालन हुने अस्पताल व्यवस्थापन समितिका कोषाध्यक्ष बलराम गुरुङले जानकारी दिनुभयो । उक्त सामुदायिक अस्पतालको असोज ३ गते उद्धघाटन गरिने भएको छ । ५० शैयाको सुविधासम्पन अस्पतालको उद्धघाटनका लागी पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल, अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश नम्बर १ का आर्थिक तथा योजना मन्त्री इन्द्र आङबो सोलुखुम्बुमा आउनुहुने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालनमा आएपछि सोलुखुम्बु सहित छिमेकी जिल्ला खोटाङ, ओखलढुगां लगायतका नागरिकले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । सोलुखुम्बु जिल्लामा रहेको एक मात्र जिल्ला अस्पताल फाप्लुमा समेत सहज तथा गुणस्तरीय सेवा नपाउँदा यहाँका सयौ बिरामी ओखलढुंगाको मिसन अस्पताल लगायत राजधानी जानुपर्ने बाध्यता छ । विगत देखी नै जिल्लामा भरपर्दो तथा सुविधायुक्त अस्पताल नहुँदा कयौको अकालमै ज्यान समेत गएको छ ।
समयमा उपचार सेवा पाउनको लागि हेलिकोप्टर च्याटर गर्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका नागरिक अस्पताल सञ्चालनमा आउने भएपछि हर्षित भएका छन् । अस्पताल निर्माणकै लागि महायज्ञको समेत आयोजना गरि करौडौ रुपैया संकलनको अभियान थालिएको थियो । नागरिक स्तरबाट सहयोग संकलन गरि निमार्ण भएको यो पहिलो भएको गाउँपालिका अध्यक्ष असिम राईको भनाइ छ । असोज ३ गतेबाट नियमित रुपमा सेवा प्रदान हुने गाउँपालिकाले जनाएको छ । जसको नेपाल सकारका तत्कालिन उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेल र प्रदेश एकका तत्कालिन मुख्य मन्त्री शेरधन राईले महायज्ञको उद्घाटन गर्दै भवनको समेत सिलान्यास गर्नुभएको थियो ।