काठमाडौं : सांसद एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । नख्खु स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गय राती ७५ वर्षको उमेरमा मृत्यु भएको अस्पताल श्रोताले जनाएको छ ।
यहाँको निधमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ ।
उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं । म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’
क्यान्सर पीडित गिरीको अवस्था बुझ्न राष्ट्रपति भण्डारी हिजो मेडिसिटी अस्पताल पुग्नुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने भएको छ ।