सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले ४० लाखको विपद कोष निर्माण गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलवार सम्पन्न कार्यपालिका बैठकले वषार्तको समयमा हुन सक्ने बाढी पहिरो बाट हुन सक्ने विपदलाई लक्षित गरि रु.४० लाखको कोष निर्माण गर्ने निर्णय गरेको हो ।
यस्तै विपदमा परि पुर्ण बिस्थापित भएका परिवारलाई सुरक्षीत स्थानमा सार्ने सिफारिस सहित १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिका ५ जुबु र ६ मुक्लीका केहि वस्ती जोखिममा परेको बताइएको छ ।
सोही बैठकले गाउँपालिकाको विभिन्न शाखामा रहि कार्यरत कर्मचारीको करार अवधी ६ महिनाकोलागी थप गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी गाउँपालिका वडा नं.७ र ८ लाई लक्षित गरि अस्थायी प्रहरी पोष्ट स्थापनाको लागि अनुरोध गर्ने पनि निर्णय गरिएको छ । गाउँपालिकाको गौरवको आयोजनाको रुपमा निर्माणको क्रममा रहेका योजनाहरुको प्रगति विवरण सम्बन्धित पक्षबाट पेस गरिएको छ ।