थुलुङदुधकोशी–८ मा लक्ष्मि बैंकको शाखा रहित सेवा सुरु, भत्ता लिन मुक्ली जानुपर्ने बाध्यता हट्यो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहजै प्राप्त गर्ने वातावरण निर्माण गर्ने प्रयास भइरहेको बताउँनुभयो । गाउँपालिका वडा नं. ८ बुढिडाँडामा लक्ष्मि बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गर्दै अध्यक्ष राईले यस्तो बताउँनुभएको हो ।

सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरि बैंकिङ प्रणाली लागु गरेको भएपनि भौगोलिक हिसाबले कठिन भएको भन्दै अध्यक्ष राईले वडा नं. ७ र ८ लाई लक्षित गरि बुडिडाँडामा सेवा सुचारु गरिएको बताउँनुभयो । यस्तै जुबु र लोखिमलाई लक्षित गरि केहि दिनभित्रमानै सुकेपोखरीमा पनि यस्तै शाखा रहित सेवा सञ्चालन गरिने अध्यक्ष राईको भनाई छ ।

बृद्धबृद्धा तथा अपाङ्कता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता लिन बैंक सम्म पुग्दा असहजता संगै महङ्गो समेत हुने भएकाले स्थानीय सरकारले सहजीकरण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

लक्षि बैंक मुक्लि बाट प्राप्त गर्ने सबै सेवाहरु शाखा रहित काउण्टरबाट प्राप्त गर्ने सकिने बैंकका मेनेजर प्रेम बहादुर बस्नेतले बताउँनुभयो । अब देउसाका नागरिकहरु खाता खोल्न, सिमित रकम राख्न तथा पठाउँन एमव् झिक्न सकिने उहाँको भनाई छ ।

स्थानीय सरकारले हरेक नागरिकको समस्यालाई मध्यनजर राख्दै भुगोल अनुसार टोलमा नै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइने वडा नं. ७ का वडा अध्यक्ष भोजराज कार्कीले बताउँनुभयो । गाउँपालिका प्रबक्ता समेत रहनुभएका कार्कीले वडा तहमा देखिएको समस्या समाधान गर्ने दायित्व वडा सरकारको भएकाले सोही अनुसार जिम्मेवारी बहन गरेको अवस्थामा नागरिकलाई सहजता मिल्ने विश्वास व्यक्त गर्नुभयाे ।

देउसामा सञ्चालित लक्ष्मी बैंकको उक्त शाखा रहित बैंकिङ सेवाका सञ्चालक चुडामणि केसी रहनुभएको छ । उहाँले प्रभावकारी सेवा प्रवाहमा आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार