काठमाडौ : सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान पराकम्प गएको छ । बिहान ६:०७ बजे सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४. ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।
यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको बताइएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।