चट्याङले लागेर थुलुङ दुधकोशी -२ मा दुइवटा चौपायाको मृत्यु 

सोलुखुम्बु : शनिबार साझ अविरल वर्षात सङ्गै परेको चट्याङका कारण थुलुङ दुधकोशी-२ मा पशु चौपायाको मृत्यु भएको छ । साविक काङ्गेल ७ का भेषबहादुर नेपालीको दुइवटा गोरुलाई चट्याङले लाग्दा मृत्यु भएको वडा अध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो ।

गोठमा बाधिरहेको अवस्थामा चट्याङ लागेको बताइएको छ । यस्तै सोही गाउँपालिकाको वडा नम्बर ९ लोखिममा असार २१ गते चट्याङ लाग्दा ७ वर्षिय बालक सुजन तामाङको मृत्यु भएको थियो । यो समयमा वर्षात सङ्गै बाढी पहिरो र चट्याङ पर्ने भएकाले सावधानी अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार