सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा नै अक्सिजन उत्पादन सुरु भएको छ । जिल्ला अस्पताल फाप्लुमा नै अक्सिजन उत्पादन सुरुभएको हो ।
अब अक्सिजन कै लागि जिल्ला बाहिर विराटनगर सम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । रु.१ करोड २८ लाख लागतमा निर्माण गरिएको उक्त प्लान्टबाट २४ घण्टामा ४० वटा सम्म सिलिन्डर भर्न सकिने बताइएको छ ।
जिल्लाका संघीय साम्सद हेमकुमार राई (शुरविर)को पहलमा उक्त प्लान्ट स्थापना गर्न सफल भएको अस्पतालले जनाएको छ । अब देखि अस्पतालमा अक्सिजन अभाव कै कारण कसैलेपनि ज्यान गुमाउनु नपर्ने अस्पताल प्रशासनको भनाइ छ ।
अस्पतालमा भएको खाली शिलिन्डर भर्नको लागि मिसल अस्पताल ओखलढुंगा र विराटनगर लगिएको थियो । जिल्लामा जटिल प्रकृतिको विरामी भएको खण्डमा जिल्ला बाहिर लानुपर्ने बाध्यताको अन्त्य गर्ने गरि काम गरिरहेको साम्सद राईको भनाइ छ ।