थुलुङ दुधकोशी-७ ले फिर्ता गरायो विद्यार्थीबाट लिएको सहयोग शुल्क

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका-७ को निर्णय अनुसार भर्नाको बेला विद्यार्थीबाट लिएको सहयोग शुल्क फिर्ता गरिएको छ । नेपाल सरकारको नीतिलाई अबलम्बन गरि वडाले लेखेको पत्र अनुसार विगतदेखि लिदै आएको शुल्क सोमबार फिर्ता गरिएको प्रधानाध्यापक रेवन्त बरालले जानकारी दिनुभयो ।

गाउँपालिका प्रवक्ता समेत रहनुभएका वडा अध्यक्ष भोजराज कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलामा चालू शैक्षिक सत्रमा लिएको शुल्क फिर्ता गरिएको हो । अभिभावकले विद्यालय प्रशासनमा सम्पर्क गरि पुस्तकालयबापत लिएको ५०% र अन्य सहयोग शुल्क सतप्रतिसत रकम फिर्ता गर्न वडा कार्यालयले विद्यालयलाइ निर्देशन दिएको थियो । सोहि अनुसार आफुहरुले निर्णय गरि कार्यन्वयन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र राइले बताउनुभयो ।
प्रस्तावित माध्यमिक विद्यालय रहेको देउसामा विगत देखिनै लिदै आएको शुल्कलाइ निरन्तरता दिदै आएको बताइएको छ । उक्त रकमबाट निजि कर्मचारीलाई तलब दिने गरिएको प्रअ बरालले बताउनुभयो । जसको लागि वडाले एकलाख रुपैयाँ उपलब्ध गराउने भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार