उषा के.सी.को दोस्रो कृति मुक्तक संग्रह माकुरी’ सार्वजनिक

काठमाडौं :एमसीसी र एसपीपी विरुद्ध साहित्यक  रूपमै सबैले खबरदारी गर्न सर्जक उषा केसीको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक भएको छ । साहित्यक पत्रकारसंघको आह्वानमा के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवशर पारेर सार्वजनिक गरिएको हो ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कोनेले नेपाली मुक्तक क्षेत्रको विषयमा चर्चा गर्नु भयो । कोनेले एक मुक्तकले एक महाकाव्य बोल्न सक्ने क्षमता राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै पत्रकार तथा साहित्यकार राजन कार्कीले ’माकुरी’ कृतिका मुक्तक बाचन गरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गर्नु भयो ।

उहाँले आमाको नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको समेत बताउनु भयो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले के.सी.को दोस्रो मुक्तक मुक्तकसङ्ग्रह निकै खारिएर आएको बताउनु भयो । उहाँ साहित्य क्षेत्रमा जति मेहेनत गरिरहनु भएको छ, अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफुले नेपाल भारत साहित्य महोत्सव आयोजना गर्दानै थाहा पाएको बताउनु भयो ।

कृतिको बारे बोल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूको आवाजमात्र नभइ समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएको बताउनु भयो । कृतिको समिक्षा वरिष्ठ समालोचक डा. गोविन्दमान सिंह काकीले गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा डा. दामोदर पुडासैनी किशोरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै स्रष्टा समाजका अध्यक्ष पवन आलोकले पनि लेखक के.सी.लाई तेस्रो कृति समेत आमाकै हातबाट लोकार्पण गर्ने अवशर मिलोस् भनि शुभकामना व्यक्त गर्दै दिर्घायुको कामना गनुभयो । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कृतिका लेखक के.सी.ले आफ्नो वाल्यकालमा भोगेको पिडा सुनाएका थिए । समाजमा विबाहपछि पनि महिलालाई हेयको दृष्टीले हेर्ने पद्दतीको सिकार आफु र आफ्नै आमा बन्न पुगेको बताउनु भयो । छोरा नहुँदा महिलाले भोग्नु पर्ने पिडालाई निलेर छोरीलाई पनि छोरा सरह स्वतन्त्र हुन दिनुपर्छ भन्ने आमाको आदर्शको बाटोमा आफु रहेको पनि उहाँले बताउनु भयो । के.सी.ले आफ्नै प्रकाशित मुक्तकसङ्ग्रह ’माकुरी’ कृतिभित्रबाट ’मुक्तक’ वाचन गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार के.सी. र उहाँका माता माकुरी पौडेलको दिर्घायुको कामना गर्दै अबका मुक्तकहरूले र अन्य साहित्यिक विद्याहरूले मुलुकमा एमसीसी र एसपीपीको नाममा भइरहेको राष्ट्रद्रोह प्रति खबरदारी गर्न सबै सर्जकलाई आग्रह समेत गर्नु भयो । लेकालीले मुलुकलाई नेताहरू युक्रेनको अवस्थामा ढकेल्न खोजेकाले सबै सर्रजकहरू अक्षरको हतियार लिएर लड्ने बेला भएको बताउनु भयो ।

लेकालीले उषाको दोस्रो मुक्तक संग्रह नेपाली मुक्तक साहित्यको क्षेत्रमा ससक्त कृति भएको बताउनु भयो । उहाँले लेखक के.सी. को मुक्तकभित्र समाज,देश, वर्तमान राजनीतिक विकृतिहरू जस्ता विषय प्रति शसक्त प्रहार गरिएको सर्जक प्रधानको भनाइ थियो  । आफ्नै आमाको नाम माकुरी पौडेल ’माकुरी’ नामक मुक्तकसंग्रहले आमालाई झन अमर बनाइएको छ ।

आमा माकुरी पौडेलको ९० ओैं जन्मदिनको अवशर पारेर आफ्नै आमाको नाम माकुरी पौडेल ’माकुरी’ नामक मुक्तकसंग्रह कृति विमोचन गरिएको हो । कार्यक्रममा पुस्तकमा योगदान गर्ने सर्जकहरू राधा कार्की, राजन कार्की, जितेन्द्र रसिक, प्रमोद प्रधान, गोविन्दमान कार्की, निशा के.सी. जितेन्द्र रसिक, प्रमुख अतिथि रामकाजी कोने, लगायतलालाई मायाको चिनो वितरण गरिएको थियो । साथै साहित्यिक पत्रकार संघले लेखक र लेखककी आमा माकुरी पौडेलाई सम्मान गरेको छ । कार्यक्रममा समाजसेवी धन लोहरालाई नगद रू १५ हजार सहित लेखककी आमाले नगद पुरस्कार प्रदान गर्नुभयो।

मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल,जानु दाहाल, नम्रता उप्रेती लगायत ५० जना भन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार