प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शंकाले नहेर्नुस: परराष्ट्रमन्त्री खड्का

काठमाडौं: परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शंकाले नहेर्न आग्रह गर्नु भएको छ ।

प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई शंकाका दृष्टिले नहेर्न आग्रह गर्नु भएको हो ।

दुई देशका बीचमा हुने भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेल्ने उहाँले बताउनु भयो । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको भनी उनको भ्रमण नै रोक्नुपर्ने आवाज उठिरहेका बेला मन्त्री खड्काले त्यसको खण्डन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार