काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले ज्ञापन पत्र बुझाउदै जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेका छन् ।