काठमाडौं :बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोक (वीरेन्द्र चोक) तनावग्रस्त भएको छ । चोकमा स्वार्गीय राजा वीरेन्द्रको शालिक राख्न आएकोले प्रहरीमाथि ढुंगामुडा गरेपछि स्थिति तनावग्रस्त भएको हो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको छ । २०६२÷६३ को जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो ।
सो स्थानमा आज दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए ।