सरकारबाट पाउने सेवा–सुविधाले विद्यार्थीलाई एमबिबिएस पढाउने अध्यक्ष राईको घोषणा

काठमाडौं : सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूँले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सुविधाले विद्यार्थी पढाउन खर्च गर्ने घोषणा गर्नु भएको छ ।
दोस्रो पटक पालिका अध्यक्ष बन्नु भएका राईले शुक्रबार पदभार ग्रहण गर्दै पालिका भित्रका एक जेहेन्दार गरिब परिवारका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नु भएको हो । उहाँले गाउँपालिकामा वातावरण मैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि चार्जिङ स्टेशन बनाउने निर्णय पनि गरेको बताउनु भएको छ ।
गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेकाले विद्युतीय बस सञ्चालनका लागि आफूहरू तयार रहेको उहाँको भनाई छ । उहाँ ४ हजार ४९ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार