काठमाडौं ; स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दलहरुको निर्वाचन केन्द्रीत गतिविधिले तीब्रता पाएको छ । देशकै राजधानी भएकोले पनि काठमाडौं महानगरलाई दलहरुले प्रतिष्ठाको विषय बनाएका छन् ।
साथै एकले अर्कोलाई आरोप लगाएर आफू विजयी हुने प्रयास पनि जारी छ । यता मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् ।
उनी त्यो प्रश्न पछि आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै आक्रोशित बने । दलहरुको निर्वाचन केन्द्रित गतिविधि एजेण्डा भन्दापनि आरोप प्रत्यारोपमा केन्द्रित हुन थालेपछि यता निर्वाचन आयोगले भने अनुगमनको कामलाई तीब्रता दिएको छ ।







