काठमाडौं ;यति बेला देश स्थानिय तहको निर्वाचनले माहोल तातिएको छ । काठमाडौं महानगरपालीकामा मात्र ५६ जनाले एक पद मेयरको लागि उमेरद्वार दर्ता गरेका छन् । राजनितिक दल भन्दा पनि बढि स्वतन्त्रमा बढि उमेरद्वार बढि पाइएको छ । चर्चाको केन्द्रमा रहेको काठमाडौं महानगरमा यो पटक पनि परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच कडा टक्कर हुने देखिएको छ ।
गठबन्धनका कारण वलियो बनेको कांग्रेस र जितको ईतिहासले आट भरिएको एमाले आ–आफ्नै पार्टीले जित्ने आत्मविश्वासका साथ चुनावी दौडमा होमिएका छन । पाँच दर्जन बढि आकंक्षी रहेको काठमाडौँ महानगरमा चुनावी सरगर्मीले बढेको छ । अहिले चर्चामा आएका काठमाडौंमा नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएका छन् ।
सिंहलाई सत्ता घटकका अन्य दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमालेले काठमाडौं महानगरमा तालमेल नगरेकाले पाँच दलका उम्मेदवारसँग स्थापितले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवार भन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह अघि बढेका छन् ।
उमेरद्वार स्थापीत बढि नै उत्साहित हुँदै आएका छन । एक्लाएक्लै उठ्दा एमालेलाई जित्न गाह्रो नरहेको उहाँको विश्लेषणमा कांग्रेसभित्र देखिएको गठबन्धन विरोधी मतले पनि वल दिएको छ । चौधौ महाधिवेशनबाटै चिरिएका मत र विगतमा देखिने जुँगाका लडाईले विगतमा दोश्रो स्थानमा रहेको कांग्रेसलाई गठबन्धनको मतले टेवा नदिने एमालेको विश्लेषण छ । वैकल्पिक शक्ती भनिएकाहरुको बैचारिक स्खलन र दयनीय अवस्थाका कारण यो मत युवा र भिजन भएको उमेद्धारतर्फ जाने सम्भावना छ ।