काठमाडौं; निर्वाचन आयोगमा स्थानिय तह निर्वाचन २०७९का लागि उम्मेद्वार गराएका उम्मेद्वारविरुद्ध परेको उजुरीको छानविन हुदैछ । आइतबार र सोमबार मनोनयन गराएका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले बुधबार छानबिन गर्न लागेको हो ।
बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका बनाएको छ । छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुने बताइएको छ ।
आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । तर उम्मेदवारीको अन्तिम विवरण भने आइसकेको छैन । वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि मतदान हुनेछ ।