सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिकाले दुई वटा वडामा अध्यक्ष पदको उमेदवार टुङ्गो लगाएको छ । माओवादीले वडा नम्बर २ काङ्गेल र वडा नम्बर ५ जुबुको उमेदवार सर्वसहमतीमै टुङ्गो लगाएको हो ।
वडा नं. २ काङ्गेलमा अध्यक्ष पदकालागि युजन वस्नेतलाई औपचारिक रुपमा घोषणा गरिएको छ । युवापुस्ता सङ्गै वृद्ध, वृद्वाको समेत मन जितेका बस्नेतको जित निश्चित रहेको माओवादी केन्द्रले दावी गरेको छ । सालिन एवम भद्र व्यक्तिको पहिचान बनाउन सफल बस्नेत प्रहरीको जागीर समेत छाडेर समाजसेवामा लागेका हुन ।
यस्तै वडा नं. ५ जुबुमा चन्द्र बहादुर राई लाई अध्यक्षको उमेदवार बनाएको माओवादी केन्द्र प्रचारप्रसार विभाग जिल्ला समन्वय समिती सोलुखुम्बुका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो । समाजमा लोकप्रियता कमाएका चन्द्रबहादुर राई सहित सदस्यको समेत नाम टिङ्गो लगाए संगै घोषणा गरिएको छ । समाजसेवी भावना भएका राई सबैभन्दा बलियो उमेदवार भएको दावी गर्दै जित निश्चित भएको माओवादी केन्द्रले जनाएको छ ।
यो पटकको निर्वाचनमा समाजमा उच्च छवि हुनका साथै काम गर्न सक्ने योग्य व्यक्तिलाई जनप्रतिनिधिको रुपमा अघि बढाउने योजना रहेको जिल्ला समन्वय समिति सोलुखुम्बुका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । जनभावना अनुसार काम गर्ने जनप्रतिनिधि आवश्यक भएकाले सोही अनुसार उमेदवारको नाम सिफारिस गर्न उहाँको भनाइ छ ।
काङ्ग्रेस, माओवादी सहितको पाँच दलिय गठबन्धनको चर्चा चलिरहेको बेला तिननै दलले आ-आफ्नो ढंगले उमेदवार सिफारिस गरिरहेका छन ।