साेलुखुम्बु : विरेन्द्रदोय माध्यमिक विद्यालय मुक्लीमा नेपाल विद्यार्थी संघको मावि इकाइ समिति गठन गरिएको छ । जहाँ स्कुल त्याहाँ नेपाल विद्यार्थी संघ भन्ने नारा सहित श्रीध्वज राईको अध्यक्षतामा ३१ सदस्य मावि इकाइ समिति गठन गरिएको नेविसंघले जनाएको छ । नवगठित समितिको उपाअध्यक्षमा बिशाल माझी र सलिना तामाङ चयन हुनुभएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका उपाअध्यक्ष नविन बस्नेतले जानकारी दिनुभयो ।
यस्तै सचिवमा सुरेश भुजेल, सहसचिवमा अर्जुन कार्की र कोषाअध्यक्षमा सुदिक्षा गुरुङ चयन हुनुभएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि नविन थापा, पार्टीका वडा सभापति अम्बीरकाजी बस्नेत लगायतको उपस्थिति रहेको थियो । यो कार्यक्रम जिल्लाको सबै विद्यालयमा सञ्चालन गरिने बताइएको छ ।