सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र)ले चुनाव लक्षित गतिविधिलाई तिब्रता दिएको छ । यसै क्रममा थुलुङदुधकोशी गाउँपालिका समितिको विस्तारित बैठक चैत १२ गते बस्ने भएको छ ।
माओवादी केन्द्र प्रदेश नं. १ समिति सदस्य एवम् सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक असिम राईको प्रमुख आतिथ्यतामा गाउँपालिका केन्द्र मुक्लीमा बैठक बस्ने पालिका सचिव रामकिरण राईले जानकारी दिनुभयो । उक्त बैठकले चुनाव केन्द्रीत निर्णय गर्ने छ । बैठकमा पालिका समितिका सदस्य, वडाका पदाधिकारी विभिन्न जनवर्गिय संगठनका जिल्ला समन्वय समितिका पुर्वसदस्य, प्रदेश र केन्द्रीय सदस्यको उपस्थिति रहने बताइएको छ ।
यस अघि चैत ६ गते मात्रै पार्टीको जिल्ला समन्वय समितिको दोस्रो पुर्ण बैठक बसेर विभिन्न निर्णय गरेको छ । उक्त बैठकले जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।