सोलुखुम्बु : नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीले अगामी चैत १५ गते भित्र उम्मेद्वारको टुङ्गो लगाउने निर्णय गरेको छ । अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चैत्र १० गते सम्ममा वडा कमिटीले वडा तहका उम्मेद्धवार र गाउँपालिका कमिटीले चैत्र १५ गते सम्ममा अध्यक्ष उपाध्यक्ष सहितका सम्पूर्ण उम्मेद्धवारको अन्तिम टुंगो लगाउने निर्णय निर्णय गरेको हो ।
बुधबार सम्पन्न नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको तेस्रो पुर्ण वैठकले स्थानीय निर्वाचन लक्षित छलफल तथा निर्णय गरेको हो । उक्त बैठकले २०७४ सालको स्थानीय तहको घोषणापत्रमा भएका कार्यक्रमको समिक्षा वाट प्राप्त सुझाव, नेचासल्यान गाउँपालिकाको समृद्धिको आधार तयार गर्न आवश्यक वाँकी कार्यभार पुरा गर्ने गरी ७ सदस्यीय घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।
जसमा संयोजक धर्मध्वज खत्रि, सचिव जगनाथ वास्तोला र सदस्यहरुमा वाल कुमार भट्टराई, रामकाजी राई, कल्पना घिमिरे, राजन कुमार राई, जस वहादुर राई(छिरिङ) रहनुभएको छ । गठित कमिटीले चैत्र १० गते भित्र मस्यौदाको अन्तिम रुप दिनुपर्नेछ । वैठकले उम्मेद्धवार छनोट मापदण्ड पनि पारित गरेको छ ।
वडा तथा गाउँपालिकामा उम्मेद्दवार सिफारिस गर्दा मापदण्डहरु समेत निर्धारण गरेको गाउँपार्टी कमिटीका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मापदण्डमा टोल टोलमा मत सर्वेक्षण गरी लोकप्रीय उम्मेद्दवार छनौट गर्ने, सिफारिस गर्दा सर्वसहमतिको विधि अवलम्वन गर्ने, नैतिक पतन, फौजदारी अभियोग तथा कुनैपनि सामाजिक कसुरमा नपरेका व्याक्ति, सकेसम्म माथिल्लो शैक्षिक योग्यता, सुचना प्रणालीमा पोख्त, उम्मेद्धवार छनोट गर्ने समावेश गरिएको छ ।
यस्तै २ वा २ भन्दा वढी एकै पदका आकाङ्क्षीहरु भइ सहमतिवाट उम्मेद्धवार छनोट गर्न नसकेको अवस्थामा सिनियर पार्टी सदस्यतालाई पनि आधार मानी छलफल गर्न सकिने र उम्मेद्धवार छनोट गर्दा भौगोलीक, जातिय सन्तुलन लाई समेत ध्यान दिइ तोकीएको ढाँचामा छनोट गर्ने बताइएको छ ।
यस्तै वडागत निर्वाचन संयोजन परिचालनका लागि इन्चार्ज तथा सह–इन्चार्ज समेत तोकिएको बताइएको छ । जसमा वडा न.१ को इन्चार्जमा आङकी शेर्पा र सह–इन्चार्ज राजकुमार कार्की रहनुभएको छ । यस्तै वडा न.२ इन्चार्जमा कोशराज निरौला, सह–इन्चार्जमा तिलक वहादुर राई, वडा न.३ इन्चार्जमा ख्यामराज कटेल, सह–इन्चार्जमा साङ्गेलामा राई, वडा न.४ को इन्चार्जमा शुव वहादुर राई, सह–इन्चार्जमा धनवीर राई र वडा न.५ इन्चार्जमा सुजन राई, सह–इन्चार्जमा निधिरत्न कटेल चयन हुनुभएको छ ।
पार्टी कमिटीका अध्यक्ष जगनाथ वास्तोलाको नेतृत्वमा ३ सय ७५ सदस्यीय स्थानीय निर्वाचन परिचालन मुल कमिटी समेत गठन भएको छ । पार्टी अध्यक्ष जगनाथ वास्तोलाको अध्यक्षता तथा गाउँपालिका इन्चार्ज धर्मध्वज खत्रिको प्रमुख आतिथ्यतामा वैठक सम्पन्न भएको हो ।