विभिन्न ६ राजनीतिक दलको नेपाल बन्द, सोलुखुम्बुमा प्रभाव सामान्य

सोलुखुम्बु : विभिन्न ६ वटा राजनीतिक दलले बुधबार नेपाल बन्द आह्वान गरेपछि सोलुखुम्बुको सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले जनाएको छ । जिल्लाको विभिन्न सडक क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

छोटो तथा लामो दुरीको सवारी सञ्चालन हुने सडक क्षेत्रमा बिहानै देखि नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचान गरि सुरक्षा व्यवथालाई चुस्त राख्ने काम भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बाह्य जिल्लासंगको समन्वयमा सवारी सञ्चालन भइरहेको भन्दै सोलुखुम्बु प्रहरीले गैह्रकानुनी कार्य गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने बताएको छ । बन्द आह्वन भएपछि मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दे सबै जिल्ला प्रशासन कार्यलयलाई शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको थियो ।

एमसीसी परियोजना संसदमा टेवल हुनेभएपछि त्यसको विरुद्धमा विभिन्न ६ वटा साना राजनीतिक दलले नेपाल बन्द आह्वन गर्दै त्यसको विरोध गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका हुन् । तर सोलुखुम्बु जिल्लामा भने बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ । विहानै देखि सवारी सञ्चालन भएको छ भने होटल पसल निर्वादरुपमा सञ्चालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार