काठमाडौं : भारतले आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारत च्याम्पियन बनेको हो । यससँगै भारतले पाँचौं पटक यू–१९ विश्वकपको उपाधि जितेको छ ।
भारत यू–१९ विश्वकपको सर्वाधिक च्याम्पियन हो । इंग्ल्यान्डले दिएको १ सय ९० रनको लक्ष्य भारतले ४७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरको छ ।
भारतको जितमा निशान्त सिन्धुले अविजित ५० तथा शैक राशीदले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । खराब सुरुआत गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले ९५ रनको अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन । भारतका राज बावाले ५ तथा रबि कुमारले ४ विकेट लिएका थिए ।