सोलुखुम्बु : नेकपा माओवादी केन्द्र थुलुङदुधकोशी गाउँपालिकाले माघ २९ गते भित्र टोल सम्मेलन सक्ने निर्णय गरेको छ । पार्टीको पालिका उपाअध्यक्ष राम संघर्ष किराँतीकाे अध्यक्षता तथा प्रदेश १ सदस्य एवम् जिल्ला अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले माघ २५ गते भित्र वडाको बैठक सम्पन्न गरिसक्ने र २९ भित्र टोल समिति गठन गर्न बाँकी रहेकोमा सक्ने निर्णय गरेको हो ।
गाउँपालिका समितिका सचिव रामकिरण राईका अनुसार उक्त बैठकमा गाउँपालिका भित्र पार्टीलाई मजबुद्ध बनाउँनको लागि सबै एक ढिक्का भएर लाग्ने प्रण सहित अघि बढ्न निर्देशन गरिएको छ । आम नागरिकलाई विभिन्न प्रलोभन भन्दा पनि सहि विचार सम्प्रेशण गरि पार्टीको अभियानमा जोड्ने काम गर्न जिल्ला अध्यक्ष असिम राईले सबैलाई निर्देशन दिनुभएको सचिव राईले बताउँनुभयो ।
अन्य पार्टीले क्षणिक आश्वसन दिने र भोट लिने बाहेक काम नगरेको भन्दै अध्यक्ष राईले माओवादीको नीति अनुसारको संविधान बनेकाले त्यसको कार्यन्वयनका लागि उसैको नेतृत्व आवश्यक पर्ने दावी गर्नुभयो ।
यस्तै माओवादी थुलुङदुधकोशी गाउँपाटी समितिका उपाअध्यक्ष राम संघर्ष किराँतीले सबैलाई अपनत्व हुने गरि पार्टीले काम गर्ने बताउँनुभयो । महिला, जनजाति, गरिब तथा पिछडिएका वर्गको पक्षमा ओकालत गर्ने मुख्य एजेण्डा बोकेका पार्टीप्रति सबैको विश्वास बढ्दै गएकाले सोही अनुसार काम गर्नुपर्नेमा उहाँकाे जाेड छ ।