गठबन्धन तोडिएला तर एमसीसी पारित हुन दिदैनाैँ : नेता राई

संविधान अनुसार नै निर्वाचन हुनुपर्छ

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर)ले एमसीसी नेपालको हितमा नभएको दावी गर्नुभयो । जिल्लाका संघीय सांसद समेत रहनुभएका नेता राईले एमसीसी संग सत्ता गठबन्धनको कुनै सम्बन्ध नभएको भन्दै राष्ट्रहित विपरित माओवादीले निर्णय गर्न नसक्ने बताउँनुभयो ।

गठबन्धन तोडिने अवस्थामा पुगेपनि तत्कालिन अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै नेता राईले माओवादीको अडान कायम रहने बताउँनुभयो । आफ्नो पार्टीले सत्तासंग कुनै सरोकार नराख्ने तर राष्ट्रियताको सवालमा भने पछि नहट्ने उहाँको जिकिर छ ।

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान विपरित गरेका निर्णय विरुद्ध गठबन्धन बनेको भएपनि पार्टीको नीति विपरितका कार्यमा भने सहमती नहुने नेता राईको भनाई छ । यहि गठबन्धनको सरकारले निर्वाचन सम्पन्न गराउने गरि कार्य भईरहेको भएपनि एकापक्षले यसलाई असफल बनाउन लागीपरेको भन्दै नेता राईले यसतर्फ सचेत हुनुपर्ने बताउँनुभयो ।

साथै उहाँले संविधान र निर्वाचन ऐन अनुसार नै निर्वाचन हुने भएकाले तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । माओवादी पार्टीकै नीति अनुसार निर्माण भएको संविधान रक्षा गर्ने पहिलो दायित्व पनि आफुहरुकै भएको उहाँको भनाई छ । माओवादी पार्टी भित्र निर्धारित मिति भन्दा अन्य समयमा चुनाव गर्ने प्रस्ताव तथा छलफल भएको भनिएको विषयमा भने कुनैपनि सत्यता नभएको र्ता छ । सबैभन्दा पहिला संघीय र प्रदेश सभाको निर्वाचन गर्नुपर्छ भन्ने भन्दा पनि हरेक कोणबाट सहज हुने भएकाले तीनै तहको एकै पटक गर्नुपर्छ भन्ने विषयमा भने छलफल भएको नेता राईले स्वीकार गर्नुभयो ।

संविधान र निर्वाचन ऐन निर्माण गर्दा भएको कम्जोरीको परिणामले गर्दा वर्तमान अवस्थामा समस्या सृजना भएको भन्दै उहाँले परिमार्जन गर्नुको विकल्प भने नभएको बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार