देशभर १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १ हजार ७१४ जनामा कोरोना भाइरसका संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विवरणअनुसार ८ हजार ५१३ जनामा गरिएको परीक्षणमा १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो । आज ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ४ हजार ७७१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५२ हजार ७८० सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा संक्रमणमुक्त हुनेदर ९३ प्रतिशत रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार