खोटाङ : ट्याक्टरले किच्दा खोटाङस्थित सोही रावाबेंशी गाउँपालिका–५ दुबेकोलका १३ वर्षीय रोशन बिककोज्यान गएको छ । सोही स्थानमा पर्ने भित्री सडकमा भदौरेबाट चिण्डेश्वरातर्फ ढुंगा लिन हिँडेको प्रदेश–२–०३–००१ त ३२९४ नम्बरको ट्याक्टरले किच्दासोही ट्याक्टरमा मजदुरी गर्ने बिकको ज्यान गएको हो ।
बुधबार बिहान कालिका आधारभूत विद्यालय भदौरेमा ब्यक्तिको घरमा ढुंगा झारेर चिण्डेश्वरातर्फ जाँदै गर्दा सडकको साइडमा कोल्टे परी दुर्घटना भएको थियो । ट्याक्टरबाट लडेका बिकलाई सोही ट्याक्टरको पाङग्राले किचेर घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक लामिडाँडाका २१ वर्षीय रोशन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।







