भिजिट भिसाको दुरुपयोग नगर्न नागरिकहरुलाई गृहमन्त्री खाँणको आग्रह

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरूलाई आग्रह गर्नुृ भएको छ।
गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै यस्तो आग्रह गर्नु भएको हो । उहाँले भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको बताउनू भयो ।

त्यस अवसरमा उहाँले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिनू भयो। उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराउनू भयो । खाँणले वैदेशिक रोजगारीमा गएकाहरू ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरूको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताउनू भयो ।

खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरूलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताउनू भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार