नेपाल भ्रष्टाचार सूचकांकमा गत वर्षको जस्तै

काठमाडौं : नेपालमा भ्रष्टाचारको अवस्थामा गत वर्षको जस्तै देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज (मंगलबार) जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपालको अवस्था गत वर्षको जस्तै ११७औं स्थानमा देखिएको हो । रिपोर्टअनुसार नेपाल बढी भ्रष्टाचार हुने देशहरुमध्येमा ३३ अंक पाएर ११७ औं स्थानमा परेको छ ।

१८० देशको अवस्था अध्ययन गरिएको थियो । नेपाल गत वर्ष पनि ३३ अंक पाएर र ११७ औं स्थानमा नै रहेको थियो, यो वर्ष कुनै प्रगती देखिएको छैन् । नेपालको स्थान यथावत रहनुले भ्रष्टाचार नियन्त्रणमा खासै केही प्रगति हुन नसकेको ट्रान्सपरेन्सीको भनाइ छ । ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनअनुसार दक्षिण सुडान कुल १०० मा ११ अंक लिएर सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको स्थानमा परेको छ । यसैगरी डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कुल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् । नेपाल १०० अंकमा ३३ अंक लिएर मध्यम भ्रष्टाचार हुने मुलुकको सूचिमा रहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार