कठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको हो ।
सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा बस्नुभएको छ । ओलीलाई कोरोना संक्रमण पुष्टि भएपछि एमालेको पत्रकार सम्मेलन पनि स्थगित भएको छ ।