तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं :प्रधानमन्त्री शेर बहादुर देउवाले यो वर्ष तीन तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले भएपछि उाहाँले पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भएको छ ,तीन तहको निर्वाचन गर्नेपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।

उहाँले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताउनु भयो ।

कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उहाँले अर्थतन्त्र र सामाजिक कृयाकलामा सकेसम्म काम असर पर्नेगरी व्यवस्था मिलाइने जानकारीसमेत दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार