अफगानिस्तानमा गएको भूकम्पमा परी २६ जनाको ज्यान गयो

एजेन्सी :अफगानिस्तानमा गएको भूकम्पमा २६ जनाको ज्यान गएको छ । भूकम्पमा परि ज्यान गुमाउनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।

तुर्केमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पश्चिमी प्रान्त बडघिसमा ५ दशमलव ६ रेक्टर हो । भूकम्पका कारण कयौँ घर भत्किएका छन् । ज्यान गुमाउनेमा धेरैजसो घर भत्किएर पुरिएकाहरु रहेका खबरमा उल्लेख छ ।

त्यहाँको आपत्कालीन सञ्चालन केन्द्रले भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको जनाएको छ । भूकम्प पछि वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार