सोलुखुम्बुमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार ३ जनाको एण्टीजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सोलु दुधकुण्ड नगरपालिका भित्रका रहेका छन । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार १ सय ७३ पुगेको छ । कोरोनाका कारण हाल सम्म १६ जनाले ज्यान गुमाएका छन ।

जिल्लामा काेराेनाकाे जाेखिम बढेसंगै प्रशासन कार्यालयले २५ जना भन्दा बढी भिडभाड हुन नदिने लगायत स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्णरुपमा पालना गर्ने गराउने निर्णय गरेकाे छ । प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीका अनुसार जिल्ला काेभिड व्यवस्थापन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार