विराटनगर : लियो क्लबअफविराटनगर सेन्ट्रल मेगाको आयोजनामाविराटनगरमा तेश्रो संस्करणको ‘ईन्टर लियो रनिङ शिल्ड फुटसल कप–२०२२’ हुने भएको छ ।
यहीपौष २८ गतेदेखि ३० गतेसम्मविराटनगरको मेनरोडस्थित विराटेश्वर शिवमन्दिर पश्चिम ‘द फुटसल हब’मा मैत्रीपुर्ण इन्डोर फुटबल प्रतियोगिताहुने भएको हो । सोमबार विराटनगरमापत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी दिएको छ । ३ दिवसीय खेलमालियो डिस्ट्रिक काउन्सिल ३२५ ए वानका १६ वटा क्लबहरुको प्रतिस्पर्धा हुनेआयोजकले जनाएको छ ।
खेलमा सुनसरीको ६, मोरङको ७ र झापाकोे ३ वटा क्लब सहभागीहुुने क्लबकाअध्यक्ष सुनिलयादवले बताए ।उनले खेलकुदलाई प्रोत्साहन, युवाहरुको प्रतिभा प्रस्फुटन र मैत्रीपुर्ण भावनाजागृत गराउने उद्देश्यका साथ खेलको आयोजनागर्न लागिएको जानकारी दिए ।
बुुधबार बिहान साढे ७ बजेदेखि सुरु हुने प्रतियोगिताको पहिलो दिन ८ र दोश्रो दिन ६ वटा खेल हुने आयोजकले जनाएको छ । आयोजकको अनुसार प्रतियोगिताको अन्तिमदिनफाईनल खेल मात्रहुनेछ । ३ दिवसीय इन्डोर फुटबल प्रतियोगितामाभने कुल १५ वटा खेल हुने जनाईएको छ ।
प्रतियोगिताको विजेताकाक्लबले प्रमाण–पत्र, मेडल र शिल्ड सहित रु. २५ हजार नगद पुरस्कार र उप–विजेताकालागि मेडल र प्रमाण–पत्र सहित १० हजार नगर पुरस्कारको व्यवस्था गरेको छ । यसका साथै म्यानअफ द म्याच, म्यानअफ द टुर्नामेन्ट, बेस्ट गोल किपर र बेस्ट स्ट्राइकरका लागिपनि मेडल र पुरस्कारको व्यवस्थागरिएको आयोजक संस्थाकापुर्व अध्यक्षमनोज तिवारीले जानकारी दिए ।
यहीबुधबारदेखि सुरु हुने खेलमाभने १८ देखि ३० वर्षका युवाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकले यसअघि दुईपटक ईन्टर लियो रनिङ शिल्ड फुटसल कपआयोजनागरिसकेको छ । पहिलो संस्करणको खेलमा १० र दोेश्रो संस्करणको खेलमा १२ वटा टीमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।